जनता टाइम्स

४ पुष २०७७, शनिबार १२:५२

नेकपामा शनिवारको दौडधुप : को कता कता गए


काठमाडौं, पुष ४

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा देखिएको विवादका बीच शनिवार विशेष दिन बनेको छ । शनिवार विहानैदेखी नेताहरु एक अर्कासँग भेट गर्ने क्रममा तिव्र बनेको छ ।

शनिवार विहान ११ बजे प्रधानमन्त्री एंव अध्यक्ष केपी शर्मा ओली अर्का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डसँग भेटवार्ता गर्न खुमलटार पुग्नु भएको छ । त्यहा करिब आधा घण्टा भन्दा बढि भेटे गरी सकेको अवस्थामा उपाध्यक्ष बामदेव गौतम पुग्नु भएको थियो । तीन नेता केही बेर छलफलमा जुटेपछि प्रधानमन्त्री ओली बाहिरिनु भएको थियो ।

प्रधानमन्त्री ओली बाहिरिने थाहा पाएपछि वरिष्ठ नेता माधवकुमार नेपाल दुई अध्यक्षबीच के कुराकानी भयो भनेर चासो लिदै खुमलटार पुग्नु भएको थियो । नेता नेपाल पुगेको केही समयमै गौतम पनि खुमलटारबाट बाहिरिनु भयो । दुई अध्यक्षबीच सहमतिका लागि निक्कै गम्भिर पहल भएको दुवैतर्फका स्रोतले जानकारी दिएका छन् ।

प्रधानमन्त्री ओली भने खुमलटारबाट बाहिर लगत्तै सचिवालय सदस्य एंव गृहमन्त्री रामबहादुर थापा बादललाई भेट्न उहाको निवास पुग्नु भएको छ । बादलसँग उहाकै मन्त्री क्वाटरमा भेटवार्ता भएको बताइएको छ । प्रधानमन्त्री ओलीले नेकपाभित्रको विवाद मिलाउन शनिवार एकाएक सक्रिय बन्नु भएको छ ।