जनता टाइम्स

४ पुष २०७७, शनिबार २१:४४

सर्वोच्च बारको अध्यक्षमा लोकतान्त्रिक समुहका शाक्य विजयी (पूर्णमतसहित)


काठमाडौं, पुष ४

सर्बोच्च अदालत वार एशोसियशन कार्य समितिको अध्यक्षमा पूर्णमान शाक्य विजयी हुनु भएको छ । वृहत लोकतान्त्रिक समावेशी (मेधेशी, आदिवासी, जनजाती) पेशागत कानून व्यवासायी समूहको नेतृत्व गर्नुभएका शाक्यसहित उहाको प्यानलका १० जना विजयी बन्नु भएको छ ।

शाक्यले २९५ मत प्राप्त गर्नुभयो भने उहाका निकटतम प्रतिद्धन्दी प्रगतिशील, पेशागत, देशभक्त तथा समावेशी कानून व्यवसायी समूहको नेतृत्व वरिष्ठ अविधक्ता रविनारायण खनालले २५० मत ल्याउनु भएको छ ।

बृहत लोकतन्त्रवादी समुहको तर्फबाट अध्यक्षसहित सचिव, सहसचिव, कोषाध्यक्ष, महिला सदस्य समेत गरि जम्मा १० जना उमेदवार बिजयी बन्नु भएको छ । प्रगतिशील समुहका तर्फबाट उपाध्यक्ष एबम ४ जना सदस्यहरु समेत गरि ५ जना उमेदवारहरु बिजयी बन्नु भएको छ ।