काठमाडौं, पुष ५
सरकारले संसद विघठनको सिफारिस गरेपछि अहिलेको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राजनीतिक प्रतिवाद गर्ने शुरुवाति प्रतिक्रिया दिएको छ । तर, आगामी निवार्चनबाट भने नभाग्ने जनाएको छ ।
कांग्रेसले लोकतन्त्र भनेकै जनताको मत भएकाले निर्वाचनबाट आफुहरु नभाग्ने कांग्रेस नेता शेखर कोइरालाले जानकारी दिनुभयो । यद्यपी कांग्रेसले संसद विघठन गर्नु असंवैधानिक भनेको छ । कांग्रेसले पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न १ बजे पदाधिकारीको आकस्मिक बैठक बोलाएको छ ।
बैठकले संसदको विघठनको प्रस्तावको विरोध मात्रै गर्ने निर्णय गर्न सक्ने बताइएको छ । कांग्रेसले अहिलेको अवस्थामा निर्वाचनमा गए आफुहरुले जित हासिल गर्ने विश्लेषण पहिलेदेखी गरेको देखिन्छ । त्यसैले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयको विरोध गरेर निर्वाचनमा जान सक्ने देखिएको छ ।













प्रतिक्रिया दिनुहोस्