जनता टाइम्स

५ पुष २०७७, आईतवार १२:४३

राष्ट्रपतिले संसद विघटनको प्रस्ताव रोक्न मिल्दैन : सल्लाहकार यादव


काठमाडौं, पुस ५

लालबाबु यादवले प्रधानमन्त्रीले गरेको संसद विघटनको प्रस्ताव राष्ट्रपति विद्यादेवी भण्डारीले रोक्न नमिल्ने बताउनुभएको छ । राजनीतिक सल्लाहकार यादवले कार्यकारी प्रधानमन्त्रीले ल्याएको प्रस्ताव राष्ट्रपतिले रोक्न नमिल्ने भन्दै अब अदालतको धारणा भने फरक रहेको बताउनुभयो ।

उहाँले संविधानको धारा ७१ अनुसार संसदीय प्रणालीमा प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार भएको पनि सुनाउनुभयो ।