जनता टाइम्स

५ पुष २०७७, आईतवार १४:३२

राष्ट्रपतिबाट संसद विघठन, बैशाख १७ र २७ गते निर्वाचनको घोषणा


काठमाडौं, पुष ५

काठमाडौं, पुष ५ राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा संसद विघठन गर्नुभएको छ । आइतबार विहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकल राष्ट्रपति समक्ष संसद विघठनको प्रस्ताव लगेको थियो ।

राष्ट्रपतिले सरकारको सिफारिसमा संविधानको धारा ७६ को उपधारा १ र ७ बमोजिम विघठन गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

यस्तो छ विज्ञप्ती

आज मिति २०७७ साल पुस ५ गते आइतबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ७६ को उपधारा (१) र (७) तथा धारा ८५ एवं संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्य मान्यता तथा हाम्रो आफ्नै र संसदीय प्रणाली भएका विभिन्न मुलुकहरूको अभ्यास बमोजिम संघीय संसदको वर्तमान प्रतिनिधि सभा विघटन गरी ताजा जनादेशका लागि नेपाली जनता समक्ष जान मिति २०७८ साल बैशाख १७ गते शुक्रबार पहिलो चरणमा र मिति २०७८ साल बैशाख २७ गते सोमबार दोस्रो चरणमा अर्को प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोक्न नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकबाट निर्णय भई सोही बमोजिम सम्माननीय प्रधानमन्त्रीबाट सिफारिस भएकोले उक्त सिफारिस बमोजिम संघीय संसदको वर्तमान प्रतिनिधि सभा विघटन गरी मिति २०७८ साल बैशाख १७ गते शुक्रबार पहिलो चरणमा र मिति २०७८ साल बैशाख २७ गते सोमबार दोस्रो चरणमा प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोक्नु भएको छ ।

बद्रिनाथ अधिकारी

प्रवक्ता