काठमाडौं, पुष ५
संवैधानक परिषदले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा पूर्व सचिव प्रेम राईलाई सिफारिस गरेको छ । मंसिर ३० गते साँझ बसेको परिषद्को बैठकले ४५ पदमा नियुक्त गरेको हो ।
संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६ संशोधन अध्यादेश जारी भएपछि मंसिर ३० गतेको बसेको परिषदको बैठकले राईलाई प्रमुख आयुक्तमा सिफारिस गरेको छ । प्रतिनिधिसभा राष्ट्रपतिले विघटन गरिसकेकाले संसदीय सुनवाइ हुन सक्दैन ।
संसदीय सुनुवाइ नभएको खण्डमा राष्ट्रपतिले नियुक्त गरेको ४५ दिनमा स्वतस् नियुक्त हुने प्रावधान छ । राई तिनै व्यक्ति हुन्, जसले चर्चित बालुवाटार जग्गा प्रकरण बाहिर ल्याउन मुख्य भूमिका खेलेका थिए ।
यी हुन् परिषद्ले सिफारिस गरेकाहरूः
अख्तियार दुरूपयोग अनुसन्धान आयोग : प्रेमकुमार राई (प्रमुख आयुक्त) जयबहादुर चन्द (आयुक्त), किशोरकुमार सिलवाल (आयुक्त)
निर्वाचन आयोग : रामप्रसाद भण्डारी, डा. जानकी तुलाधर
मानवअधिकार आयोग : तपबहादुर मगर (अध्यक्ष), सदस्यहरू : मनोज दुवाडी, डा. सूर्य ढुंगेल, लिलि बस्नेत थापा, मिहिरकुमार ठाकुर
राष्ट्रिय प्रकृति स्रोत तथा वित्त आयोग : जुद्ध गुरुङ, अमरराज मिश्र
महिला आयोग : कमलाकुमारी पराजुली (अध्यक्ष), सदस्यहरू : कृष्णकुमारी पौडेल खतिवडा, विद्याकुमारी सिन्हा
दलित आयोग : देवराज विक (अध्यक्ष), सदस्यहरू : मिना सोभ, परशुराम रमतेल, कुञ्ज बराइली, मेहेले पार्की
राष्ट्रिय समावेशी आयोग : मनप्रसाद खत्री (अध्यक्ष), सदस्यहरू : रामचन्द्र जोशी, हरिभक्त जोशी, जितेन्द्र पाश्वान
आदिवासी जनजाति आयोग : रामबहादुर थापा (अध्यक्ष), सदस्यहरू : मीन श्रीस मगर, मिनसिंह लामा, रिना राना, चरण राई
मधेशी आयोग : जीवक्ष साह, रेणुदेवी शाह, विजय गुप्ता
थारु आयोग : विकास चौधरी, बबिता चौधरी, सुबोधसिंह थारु, भोलाराम चौधरी
मुस्लिम आयोग : महमुद्दिम अलि, मिर्जाअर्सद बेग













प्रतिक्रिया दिनुहोस्