जनता टाइम्स

५ पुष २०७७, आईतवार १६:३५

प्रचण्ड–नेपाल समुहका ७ मन्त्रीले दिए राजिनामा


काठमाडौं, पुष ५

नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सात मन्त्रीहरूले राजीनामा दिएका छन् । संसद विघठन भएपछि सिंहदरवारमा पत्रकार सम्मेलन आयोजना गरी सामुहिक राजिनामा दिएको घोषणा गरेका हुन् ।

तीन राज्यमन्त्रीसहित मन्त्रिपरिषद् २५ सदस्यीय छ । मन्त्रीपरिषद्‌मा दाहाल–नेपाल समूहबाट रहेका घनश्याम भुसाल, योगेश भट्टराई, वर्षमान पुन, गिरिराजमणि पोखरेल, शक्तिबहादुर बस्नेत, बिना मगर र रामेश्वर राय यादवले राजिनामा दिनु भएको हो ।