काठमाडौं, पुष ५
संसद विघठन भएपछि पुरानो समय राखेर प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको खुलासा भएको छ । दिनभर तनावमा रहेका पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले कानुनविद्हरुसँग छलफल गरेपछि अपरान्ह तीन बजेपछि पुरानो समय राखेर संसद सचिवालयमा प्रस्ताव दर्ता गरेको खुलेको हो ।
विघठित प्रतिनिधि सभाका सभामुख अग्नी सापकोटाको जोडबलमा पुरानो हस्ताक्षरलाई ल्याएर त्यसैलाई अविश्वासको प्रस्तावका रुपमा दर्ता गरेको खुलेको छ । ‘मेरा लागि प्रचण्ड संविधानभन्दा माथी हो’ भनेर पहिला नै घोषणा गर्नुभएका सापकोटाले नै विहान १० बजेर ५० मिनेटको समय राखेर प्रस्ताव दर्ता गराएको खुलेको छ । विहान संसद सचिवालयमा कोही पनि नेता उपस्थित नभएको सचिवालय स्रोतले जानकारी दिएको छ । ‘सभामुखले जसरी पनि पुरानो समय राखेर दर्ता गराउनु भनेर आदेश आएको थियो, सोही अनुसार गरेको हौं’, स्रोतले भन्यो ।
मन्त्रिपरिषद्ले करिव पौने १० बजे संसद विघठनको सिफारिस गर्ने निर्णय गरेको थियो । सचिवालयमा पछि दर्ता गरिएको प्रस्तावमा भावी प्रधानमन्त्रीका रुपमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई प्रस्तुत गरिएको छ । प्रस्तावमा ९० सांसदको हस्ताक्षर गरिएको पनि उल्लेख छ । नेकपामा ओलीलाई हटाएर माधव नेपाललाई अध्यक्ष र दाहाललाई प्रधानमन्त्री बनाउनेगरी कोरोना महामारी शुरु भएसँगै चलखेल भईरहेको थियो ।













प्रतिक्रिया दिनुहोस्