जनता टाइम्स

५ पुष २०७७, आईतवार १७:३९

प्रधानमन्त्री ओलीद्धारा सुरक्षा निकायका प्रमुखहरुसँग छलफल


काठमाडौं, पुस ५

प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरिरहनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरक्षा निकायका प्रमुखहरुको बैठक बोलाइएको छ । बैठकमा गृहमन्त्री रामबहादुर थापा र अर्थमन्त्री विष्णु पौडेल पनि सहभागी हुनुहुन्छ ।