नुवाकोट, पुस ६
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल गुटले सरकारविरूद्ध गरेको प्रदर्शनमा नुवाकोटमा मुस्किलले ५० जना कार्यकर्ता सडकमा निस्किएका थिए । जिल्ला अध्यक्ष समेत रहेका हिरानाथ खतिवडाको नेतृत्वमा भएको प्रदर्शनमा बालुवातस्करहरूसहित गरेर मुस्किलले ५० जना सडकमा देखिएका हुन ।
प्रदर्शनमा विदुर नगरपालिकाका मेयर सञ्जु पण्डित, तारकेश्वर गाउँपालिकाका अध्यक्ष लगायत पनि सहभागी हुनुभएको थियो । विदुरको लोकतान्त्रिक चौतारोबाट शुरुभएको प्रदर्शन विदुर चोक पुगेर कोणसभामा परिणत भएको थियो ।













प्रतिक्रिया दिनुहोस्