जनता टाइम्स

६ पुष २०७७, सोमबार १२:०८

उकालो लाग्यो पहेँलो धातुको मूल्य, कति छ आजको भाउ ?


काठमाडौं, पुस ६

स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु ९०० ले उकालो लागेको छ । छापावाला सुन आज प्रतितोला रु ९५ हजार २०० मा कारोवार भएको छ । छापावाला सुन हिजो प्रतितोला रु ९४ हजार ३०० मा कारोवार भएको थियो । यस्तै तेजाबी प्रतितोला रु ८५० ले वृद्धि भएको छ । तेजाबी आजका लागि प्रतितोला रु ९४ हजार ७०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सो धातु आइतबार प्रतितोला रु ९३ हजार ८५० मा कारोवार भएको थियो । यस्तै चाँदीको मूल्य भने तोलामा रु ४० ले वृद्धि भएको छ । चाँदी प्रतितोला आज रु एक हजार ३२० मा कारोवार भएको छ । आइतबार सो धातु रु एक हजार २८० मा कारोवार भएको थियो ।