काठमाडौं, पुस ६ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा र बिघटित प्रतिनिधिसभाका आफू निकट सांसदहरुको बैठकमा विशेष सम्बोधन गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आफ्नो समूहका नेताहरुलाई संसद विघटनका साथै अन्य राजनीतिक घटनाक्रमका बारेमा ’विशेष सम्बोधन’ गर्नुभएको हो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दिनुभएको जानकारीअनुसार प्रधानमन्त्री ओलीले प्रचण्ड र माधव नेपाल समुहले गरेको बदमासीका कारण मुलुक र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ आफूले जनतामा जाने निर्णय लिएको बताउनु भएको छ । बैठकमा सहभागी सांसदहरुलाई ओलीले आफूले चालेका पछिल्ला कदमबारे जानकारी गराउनुभएको हो ।
प्रचण्ड माधव समुहले कू गर्ने योजना थाह पाएपछि प्रधानमन्त्री ओलीले आइतबार संघीय संसदको प्रतिनिधिसभा संसद बिघटन गरी आगामी २०७८ बैशाख १७ र २७ गते निर्वाचनको लागि सिफारिश गर्नुभएको थियो । सरकारको सिफारिशअनुसार राष्ट्रपति बिद्यादेवी भण्डारीले प्रतिनिधिसभा बिघटन गरी निर्वाचन मिति तोकिसक्नु भएको छ । जनताको अपेक्षाअनुसार काम गर्न नदिएको कारण यस्तो कदम चालिएको प्रधानमन्त्रीले प्रष्ट पार्नुभएको छ ।

यसैबीच पार्टी बिभाजनकारी समुहको पहिचान पाएको नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपाल समुहले पनि आफूनिकट सांसद तथा बिघटित प्रतिनिधिसभाका सांसदको भेला बोलाएको छ । सो समुहले आजै दिउसो १ बजे भेला बोलाएको हो ।













प्रतिक्रिया दिनुहोस्