जनता टाइम्स

६ पुष २०७७, सोमबार १२:४६

सरकारी गलैचा बोकेर रातारात घरतिर हिँडे उर्जामन्त्री बर्षमान पुन


काठमाडौं, पुस ६

निवर्तमान उर्जामन्त्री बर्षमान पुनले सरकारी गलैचा आफैसँग लग्नुभएको छ । मन्त्री क्वाटर छाड्ने क्रममा हिजो राति ललितपुरको पुल्चोकस्थित मन्त्री क्वाटरबाट सरकारी पैसामा किनिएको गलैचा आफैसँग लग्नुभएको हो ।

सरकारले मन्त्रीहरूलाई बस्न दिइने गरिएको मन्त्री क्वाटरमा कार्पेट, गलैचा, सोफा, कुर्सी लगायतका सामग्री दिने व्यवस्था छ ।

पिकअप गाडीमा ठूला–ठूला तीन वटा गलैचा राखेको तस्वीरमा देखिएको छ । यता पुनका स्वकीय सचिव युवराज घर्ती मगरले गलैचा लगेको विषयलाई अनावश्यक रुपमा उचालिएको बताउनुभएको छ तर तस्विरमा प्रष्ट रुपमा गलैचा लगिएको देखिएको छ ।