जनता टाइम्स

६ पुष २०७७, सोमबार १४:०७

अनर्गल प्रचार गरेको भन्दै वर्षमान पुनको आपत्ति


काठमाडौं, पुष ६

निवर्तमान ऊर्जा, जलश्रोत तथा सिञ्चाइमन्त्री वर्षमान पुन ‘अनन्त’ले आफुले कुनै पनि सरकारी सम्पत्ति नलगेको स्पष्ट पार्नुभएको छ । उहाका स्वकीय सचिव समेत रहेका नेकपा केन्द्रीय सदस्य दुर्गाप्रसाद चापागाईं (सचिन)ले सामाजिक र राजनीतिक चरित्र हत्या गर्ने खराब मनसायले गलत प्रचार गरेको उल्लेख गरेका छन् । ‘मन्त्री निवास छाडेर डेरा सर्ने क्रममा कुनै सरकारी सामान नलगेको स्पष्ट गर्न चाहन्छु’, उनले भनेका छन् ।