काठमाडौंं, पुष ६
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का चार सांसदले आफुहरुको हस्ताक्षर दुरुपयोग भएको बताउनु भएको छ । ‘झुक्काएर’ अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका सांसदहरू छक्कबहादुर लामा, शेरबहादुर तामाङ, यज्ञबहादुर बोगटी र बिमला बिक आज बालुवाटार भेलामा उपस्थित हुनु भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको बालुवाटार सांसद बैठकमा विघटित प्रतिनिधिसभामा रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का ९२ जना सांसद सहभागी भएका छन् । प्रतिनिधिसभा विघटन भएको भोलिपल्ट बालुवाटारमा बोलाइएको बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने भन्दै ओलीविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका ४ जनाको पनि उपस्थिति रहेको हो ।
“आजको बैठकमा हालै विघटित प्रतिनिधिसभाका ९२ जनाको उपस्थिति भएको छ, जसमध्ये ४ जना झुक्काएर अविश्वासको प्रस्ताव दर्ता गराइएका सांसद पनि आउनुभएको थियो,” प्रधानमन्त्रीका प्रेस संयोजक रामशरण बजगाईँले भन्नुभयो, “अन्य केही सांसदहरू गृह जिल्लामा रहेको खबर गर्दै बालुवाटार आउन नपाएको जानकारी गराउनुभएको छ।”













प्रतिक्रिया दिनुहोस्