काठमाडौं, पुस ६
पछिल्लो २४ घण्टामा नेपालमा ७४२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ३५१ जनाको पीसीआर परीक्षण भएकोमा ७४२ जनालाई पोजेटिभ देखिएको हो । यस्तै, आज काठमाडौं उपत्यकामा ३११ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
आज थपिएकासँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५४ हजार ५१४ पुगेको छ ।
यस्तै, २४ घण्टामा १०७९ संक्रमित कोरोनामुक्त भएका छन् । यो सँगै कोरोनामुक्त हुनेको संख्या २ लाख ४४ हजार ७४३ पुगेको छ । यस्तै ११ संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमित मृतकको संख्या १ हजार ७९५ पुगेको छ । अहिले देशभर ७ हजार ९७६ संक्रिय संक्रमित रहेका छन् ।













प्रतिक्रिया दिनुहोस्