जनता टाइम्स

६ पुष २०७७, सोमबार १७:४३

बढी कमिसन लिएको भन्दै पठाओका चालकहरु आन्दोलित


काठमाडौं, पुस ६

पठाओसँग आबद्ध चालकहरुसँग बढी कमिसन लिएको भन्दै आज प्रदर्शन गरेका छन् । उनीहरुले आफूले दुःख गरेर कमाएको पैसामा बढी कमिसन लिएको र बिनाकारण जरिवाना गरेको भन्दै आन्दोलित भएका हुन् ।

यसै क्रममा पठाओका चालकहरुले आज काठमाडौंको बानेश्‍वरमा रहेको पठाओको कार्यालयमा पुगेर प्रदर्शनसमेत गरेका छन् ।