जनता टाइम्स

७ पुष २०७७, मंगलवार १२:००

पदका लागि अनैतिक काम गर्ने प्रचण्डलाई कसरी साथ दिनु : टोपबहादुर रायमाझी


काठमाडौं, पुष ७

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता टोपबहादुर रायमाझीले अर्का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड पदका लागि जे पनि गर्न तयार रहेको खुलाउनु भएको छ । उहाले पद पाउन अनैतिक काम गरिरहेको विगतदेखी नै देखिएकाले साथ दिन नसकेको खुलास समेत गर्नुभएको छ ।

बालुवाटारमा भएको केन्द्रीय कमिटीको बैठकमा पहिलो वक्ताका रुपमा बोल्दै उहाले आफ्नो पार्टीको अध्यक्षले नेतृत्व गरेको सरकारलाई घेराबन्दी गरेर पार्टी फुटाउने काम प्रचण्डले नै गरेको घोषणा गर्नुभयो । ‘यस्तो संसारमा कही‌ पनि हुँदैन, उहाले भन्नुभयो, ‘आफ्नै अध्यक्ष प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव छापामार शैलीमा लैजाने भन्ने पनि हुन्छ ? यस्तो अनैतिक नेतृत्वलाई कसरी साथ दिन सकिन्छ ? त्यसैले हामीले प्रचण्डसँगको लामो सहकार्य छाड्न बाध्य भयौं ।’

प्रधानमन्त्री एंव अध्यक्ष ओलीले अध्यक्षता र महासचिव विष्णु पौडेलले संचालन गरेको बैठकको शुरुमै रायमाझीलाई स्वागत मन्तव्य व्यक्त गर्न समय दिइएको थियो ।