जनता टाइम्स

७ पुष २०७७, मंगलवार १२:१७

घट्यो सुनको मूल्य, आजको भाउ कति ?


काठमाडौं, पुस ७

स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु ३०० ले ओरालो लागेको छ । छापावाला सुन प्रतितोला रु ९४ हजार ९०० मा कारोवार हुने गरी तोकिएको छ । छापावाला सुन सोमबार प्रतितोला रु ९५ हजार २०० मा कारोवार भएको थियो । यस्तै तेजाबी सुन आजका लागि प्रतितोला रु ९४ हजार ४०० मा कारोवार हुने गरी तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

तेजाबी सुन प्रतितोला रु ९४ हजार ७०० मा सोमबार कारोवार भएको थियो । यसैगरी चाँदी प्रतितोला रु पाँचले घटेको छ । प्रतितोला रु एक हजार ३२० मा सोमबार कारोवार भएको चाँदी आज भने प्रतितोला रु एक हजार ३१५ मा कारोवार हुने गरी तोकिएको छ ।