जनता टाइम्स

७ पुष २०७७, मंगलवार १२:१२

न कारवाही न विभाजन अब महाधिवेशन मात्रै गर्ने प्रधानमन्त्री एंव अध्यक्ष ओलीको घोषणा


काठमाडौं, पुष ७

प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा कसैलाई कारबाही पनि नगर्ने र पार्टी विभाजन पनि नगर्ने घोषणा गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको केन्द्रीय कमिटी बैठकलाई सम्वोधन गर्दै उहाले पार्टी विभाजनतर्फ नलागी महाधिवेशन आयोजना गरेर नेतृत्व घोषणा गर्ने जानकारी गराउनु भएको छ । ‘हामी कसैलाई पनि कारवाही गर्दैनौं, न त पार्टी नै बिभाजन गर्छौ’ ओलीले बैठकमा भन्नुभयो, ‘महाधिवेसन गरेर नेतृत्व हस्तान्तरण गछौं, अब जाने भनेको महाधिवेसनमा नै हो ।’

प्रधानमन्त्री ओलीले महाधिवेशनको तयारी गर्नका लागि केन्द्रीय सदस्यहरूलाई निर्देशन समेत दिनुभयो । उहाले पार्टी भित्र देखिएको विवादलाई संकेत गर्दै पिलो निचोरेर फाल्दैमा तौल नघट्ने बताउनु भएको छ । उहा प्रेस सल्लाहकार सूर्य थापाले दिएको जानकारी अनुसार प्रधानमन्त्रीले ‘पिलो निचोरेर फाल्दैमा तौल घट्दैन’ भनेर जीवन शर्माको गीत गुनगुनाउनु भएको थियो ।

बालुवाटारमा जारी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले ११९९ सदस्यीय केन्द्रीय महाधिवेशन आयोजक समिति गठन गरेका छन् ।