काठमाडौं, पुष ७
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले एकता महाधिवेशन मंसिरमा गर्ने निर्णय गरेको छ । यसअघि चैत २५ देखि २९ सम्म गर्ने भनिएपनि मध्यावधि निर्वाचन परेका कारण २०७८ मंसिरमा गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय कमिटीको बैठकले मंसिर २ देखि ७ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको एक केन्द्रीय सदस्यले जानकारी दिनुभयो । बैठकले ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी बनाएको छ ।
जसमा पुराना ४४७ केन्द्रीय सदस्यसहित ५५६ नया गरी १ हजार ३ जना पुगेका छन् । रिक्त रहेका १९६ जनालाई पछि नियुक्त गरिने बताइएको छ । नवनियुक्त केन्द्रीय सदस्यले आजै पद तथा गोपनियताको शपथ लिएका छन् ।













प्रतिक्रिया दिनुहोस्