जनता टाइम्स

७ पुष २०७७, मंगलवार १४:४६

अध्यक्ष, महासचिव र माइन्युट विनाको बैठकले गर्ने निर्णयले वैधानिकता पाउँदैन : प्रवक्ता ज्ञवाली


काठमाडौं, पुस ७

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा केन्द्रीय कमिटीबाट प्रवक्ताको जिम्मेवारी पाएका नेता प्रवक्ता ज्ञवालीले पार्टी अध्यक्ष, महासचिव र माइन्युट विनाको बैठकले गर्ने निर्णयले वैधानिकता नपाउने बताउनुभएको छ । बालुवाटारमा सम्पन्न बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै प्रवक्ता ज्ञवालीले प्रचण्ड–माधव नेपाल पक्षधर केन्द्रीय कमिटी बैठकको वैधानिकता नहुने दावी गर्नुभयो ।

प्रवक्ता ज्ञवालीले भने–पार्टीको अध्यक्ष, महासचिव र माइन्युट विना पनि बैठक बस्छ र ? त्यस्तो बैठकको निर्णयको कुनै वैधानिकता हुने कुरै भएन । प्रवक्ता ज्ञवालीले नेकपा विभाजित र विघटन नभएको भन्दै ओली नेतृत्वको बैठकको निर्णयको वैधानिकतामा कसैको प्रश्न भए निर्वाचन आयोगले निरुपण गर्ने बताउनुभयो ।