काठमाडौं, पुष ७
पुष्पकमल दाहाल, प्रचण्ड र माधवकुमार नेपालले आफु नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आधिकारीक पक्ष भनेर भनेपनि पार्टीको कुनैपनि दस्तावेज सो पक्षसँग नरहेको खुलेको छ । पार्टीको आधिकारिक माइन्युट समेत नभएपछि सो पक्षले बैठक अगाडी पसलमा कापी किन्न पठाएर त्यसैमा निर्णय लेख्न शुरु गरेका छन् ।
आधिकारीक भनेर घोषणा गरेपनि पार्टी कार्यालय छाडेर प्रचण्ड–नेपाल पक्ष बबरमहलस्थित पार्टी प्यालेसमा आफु पक्षिय केन्द्रीय कमिटीको भेला गरिरहेको छ । विगतमा आफु पदका लागि नभई विधि र पद्धती बसाउन लडिरहेको भनेका नेपाललाई अध्यक्ष बनाइदिने निर्णय गर्दैछ ।
अध्यक्ष बन्न पाएपछि नेपाल निक्कै खुशीसाथ बैठकमा बसीरहनु भएको एक केन्द्रीय सदस्यले जानकारी दिनुभयो । पार्टीको आधिकारीक दस्तावेज नभएपछि सो समुह स्वतह अर्को पार्टी बन्ने देखिन्छ । प्रधानमन्त्री एंव पहिलो अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी विस्तार गरी महाधिवेशन आयोजक समिति बनाइसक्नु भएको छ । सो को जानकारी निर्वाचन आयोगलाई समेत गराइएको छ ।













प्रतिक्रिया दिनुहोस्