जनता टाइम्स

७ पुष २०७७, मंगलवार १६:०९

नेविसंघ र तरुण दललाई पूर्णता दिन माग गर्दै सानेपामा प्रदर्शन


काठमाडौं, पुस ७

नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा नेविसंघ र तरुण दललाई पूर्णता दिन माग गर्दै प्रदर्शन शुरु भएको छ । कांग्रेस केन्द्रीय समिति बैठक शुरु हुनैलाग्दा नेविसंघ र तरुण दलका नेता कार्यकर्ताले पार्टी नेतृत्वको ध्यानाकर्षण गराउन प्रदर्शन गरेका हुन् । नेविसंघमा हाल १० जना र तरुण दलमा ४ जनाको केन्द्रीय समिति छ ।

उनीहरुलाई पनि महाधिवेशन गर्नका लागि दिइएको समय सकिइसकेको छ । तर, समितिले पूर्णता पाएको छ । नेविसंघका नेता कुमार दुलालका अनुसार अहिलेको केन्द्रीय समिति भंग हुनुपर्छ, होइन भने विधानअनुसार समितिलाई पूर्णता दिनुपर्छ । नेविसंका पूर्व केन्द्रीय सदस्य लिलावल्लभ दाहाल, मनहरि श्रेष्ठ, शकरदेव क्याम्पसका पूर्वस्ववियु सभापतिसहितका नेता व्यानर र प्लेकार्डसहित प्रदर्शनमा उभिनुभएको छ ।

नेविसंघमा नैनसिंह महरलाई हटाएर कांग्रेसले राजीव ढुागानालाई अध्यक्ष बनाएको थियो भने तरुण दलमा जीतजंग बस्नेतलाई अध्यक्ष बनाइएको थियो । दुवै सभापति शेरबहादुर निकट हुन् । नेविसंघ र तरुण दल दुवैमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्ण सिटौला गुटले भागवण्डाका आधारमा गठन गरेका थिए ।