जनता टाइम्स

७ पुष २०७७, मंगलवार १६:२५

नेकपामा श्रीमान–श्रीमती फरक-फरक खेमामा


काठमाडौ, पुस ७

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटको संघारमा पुगेपछि श्रीमान र श्रीमती अलग खेमा देखिएको छ । यसअघि श्रीमान–श्रीमती अध्यक्ष केपी शर्मा ओलीको खेमामा रहेका रघुवीर महासेठ र जुलीकुमारी महतो पछिल्लो पटक फरक फरक खेमामा सहभागी हुनुभएको छ । श्रीमती महतो शुरुदेखि अध्यक्ष ओली खेमाको बैठकमा सहभागी हुँदैआउनुभएको छ । तर उहाँको श्रीमान महासेठ अध्यक्ष प्रचण्ड खेमामा पुग्नुभएको छ ।

महासेठ यसअघि अध्यक्ष ओली नेतृत्वको सरकारमा यातायात मन्त्री हुनुहुन्थ्यो । पछि उहाँ असन्तुष्ट बन्नुभएको थियो । अहिले उहाँ नियमित प्रचण्ड पक्षको भेलामा सहभागी हुँदै आउनुभएको छ । आजको ववरमहल बैठकमा पनि महासेठ सहभागी रहनुभएको केन्दीय सदस्य मेटमणी चौधरीले बताउनुभयो ।

नेकपा अब फुटमा पुग्ने निश्चितप्रायः भएपछि पार्टीमा आवद्ध श्रीमान श्रीमतीबीच पनि फुटहुने अवस्था सिर्जना भएको छ । यसैगरी उपाध्यक्ष गौतम अहिले कुनै खेमाको बैठकमा सहभागी नहुनु भएपनि उहाँको श्रीमती तुलसा थापा अध्यक्ष ओली खेमाको केन्द्रीय कमिटी सदस्य हुनुभएको छ ।