जनता टाइम्स

७ पुष २०७७, मंगलवार १७:५०

माधव नेपाललाई पहिलो गाँसमै ढुंगा, अध्यक्ष बनाइएकोमा प्रभु साहको फरक मत


काठमाडौं, पुस ७

बबरमहलमा सम्पन्न केपी ओली विरोधी नेकपाको केन्द्रीय कमिटी बैठकमा पूर्व माओवादी समूहका नेता प्रभु साहले फरक मत राख्नुभएको छ । माधव नेपाललाई अध्यक्ष चयन गरिएकोमा उहाँले फरक मत राख्नुभएको हो । नेपाललाई अध्यक्ष बनाइएकोमा आफ्नो सहमति नरहेको बताउनुभएको हो । नेपाल र प्रभु साह दुवै रौतहटको हुनुहुन्छ ।

साहले पार्टीमा दुई अध्यक्ष हुनु हुँदैन भनेर फरक मत राखे पनि उहाँको प्रस्तावमा आज छलफल भएन । आफू पार्टीमा एकल अध्यक्ष हुनुपर्छ भन्ने पक्षमा रहेको पनि उहाँले सुनाउनुभयो ।