जनता टाइम्स

७ पुष २०७७, मंगलवार १९:४९

ओलीमाथिको कारवाही हास्यास्पद : प्रवक्ता ज्ञवाली


काठमाडौं, पुस ७

नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले नेकपा अध्यक्ष केपि शर्मा ओलीमाथिको कारवाही हास्यास्पद भएको बताउनुभएको छ । उहाँले प्रचण्ड–माधव समूहले अध्यक्षबाट हटाउने भनी गरेको कारबाहीलाई हास्यास्पद भएको प्रतिक्रिया दिनुभएको हो ।

उहाँले आफूहरुले पार्टी विभाजन गर्ने कुनै पनि काम नगरेको र खाली केन्द्रीय समितिको विस्तार गर्ने काम मात्र गरेको पनि सुनाउनुभयो । ।