काठमाडौं, पुष ८
प्रचण्ड–माधव नेपाल समूहको गएका भनिएका स्थायी कमिटी सदस्य नेता रघुवीर महासेठ पुनः केपी ओली पक्षै फर्किनु भएको छ । पछिल्लो समय ओली पक्ष छाडेर प्रचण्ड–माधव पक्षमा लाग्नु भएका महासेठ पुन फर्किनु भएको हो ।
मंगलवार दिउँसो बबरमहलस्थित कार्की पार्टी प्यालेसमा पुगेर स्थायी कमिटी बैठकमा भाग लिनु भएका महासेठ केन्द्रीय कमिटी बैठकमा भने उपस्थित हुनु भएको थिएन् । स्थायी कमिटीमा बसेर निस्केका महासेठ केन्द्रीय कमिटीले केपी ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गर्दासम्म नआएको र उहाले माइन्युटमा हस्ताक्षर पनि नगरेको माधव नेपाल निकट एक नेताले जानकारी दिनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्न पुग्नु भएका महासेठ आज प्रदेश २ को प्रशिक्षणमा वक्ताका रुपमा समेत रहनु भएको छ । महासेठ पत्नी केन्द्रीय सदस्य तथा विघटित प्रतिनिधिसभा सदस्य जुली कुमारी महतो भने ओली पक्षकै बैठकमा सहभागी भईरहनु भएको छ ।












प्रतिक्रिया दिनुहोस्