जनता टाइम्स

८ पुष २०७७, बुधबार १४:१७

कालीगण्डकी करिडोरमा ट्रक दुर्घटना, ३ जनाको मृत्यु


नवलपुर, पुस ८

पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–३ स्थित कालीगण्डकी करिडोरको भोक्रोफाँटमा भिरबाट ट्रक खस्दा ३ जनाको मृत्यु भएको छ । ना३ख ५३३९ नम्बरको लोहनी कन्स्ट्रक्सनको ट्रक दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरासी पूर्वका प्रहरी नायव उपरीक्षक (डीएसपी) मोहनबहादुर खाँणले जानकारी दिनुभयो ।

मृतकको सनाखत भैसकेको र तीनजना पुरुष रहेको प्रहरीले जनाएको छ । कालीगण्डकी करिडोरमै काम गर्ने ट्रक बुलिङटार गाउँपालिकाको खामबेंसीबाट फर्कदै गर्दा दुर्घटनामा परेको हो । ट्रक पहराबाट करिब सय मिटर तल खसेको थियो ।