जनता टाइम्स

८ पुष २०७७, बुधबार १६:५८

६५५९ जनाको परिक्षण गर्दा नेपालमा थपिए ७४३ संक्रमित


काठमाडौं, पुस ८

पछिल्लो २४ घण्टामा नेपालमा ७ सय ४३ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ५५ हजार ९ सय ७९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा ६ हजार ५ सय ५९ जनाको पिसिआर परीक्षण गर्दा ७ सय ४३ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १८ लाख ९० हजार ७सय ४० पुगेको छ। थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय ३ पुगेको मन्त्रालयले जनाएको छ। हाल ४ सय ९ जना क्वारेन्टाइनमा छन्। पछिल्लो २४ घण्टामा ९५२ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ४६ हजार ६ सय १६ पुगेको मन्त्रालयले जनाएको छ।