काठमाडौं, पुस ७
एशियाली विकास बैंकले नेपाललाई २ सय मिलियन अेमरिकी डलर सहयोग गर्ने भएको छ । एशियाली विकास बैंक अन्तर्गत दक्षिण एशियाली उपक्षेत्रीय सहयोग (सेसेक)ले नेपाललाई विभिन्न दुई शीर्षकमा उक्त सहयोग प्रदान गर्न लागेको हो । यसमध्ये १ सय ५० मिलियन डलर विमानस्थलको क्षमता सुधारका लागि खर्च हुनेछ ।
बाँकीमध्ये ५० मिलियन डलर भने नदीजन्य बाढी जोखिम व्यवस्थापनका लागि खर्च हुनेछ । नदीनज्य बाढी नियन्त्रणका लागि प्रदान गरिने ५० मिलियन डलरमध्ये ४० अर्ब सहुलियतपूर्ण ऋण र १० मिलियन अनुदान रहनेगरी अर्थ मन्त्रालय र एडीबीबीच सम्झौता भएको छ ।
विमानस्थल सुधारको लागि सम्झौता भएको १ सय ५० मिलियन डलर भने सहुलियतपूर्ण ऋणको रुपमा लिन लागिएको हो । आज अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल सेसेक नेपाल मिसनका आवासीय प्रतिनिधि रूसी लुइस हेन्ड्रिकसबीच सो सहयोग सम्झौतामा हस्ताक्षर भएको थियो ।
सम्झौता अनुसार एडीबीले विमानस्थलको क्षमता अभिवृद्धि परियोजनाका लागि दिएको १ सय ५० मिलियन अमेरिकी डलर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको ट्याक्सी वे विस्तार, ह्याङ्गर अप्रोन, अर्को चरणको कामको डिजाइन तथा गौतम बुद्ध विमानस्थलको दोस्रो टर्मिनल भवनको निर्माण खर्च हुनेछ ।
अर्थ मन्त्रालयमा आयोजित उक्त कार्यक्रमलाई सम्बोधन गर्दै सहसचिव नेपालले भने यी कार्यक्रमहरूको कार्यान्वयनले नेपालको हवाई क्षेत्र र बाढी संरक्षण पूर्वाधारको विद्यमान क्षमता वृद्धि गरी राष्ट्रिय अर्थतन्त्रमा ठूलो योगदान हुने विश्वास व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्