काठमाडौं, पुस ८
नेकपा नेतृ शान्ता चौधरीले चुनाव चिन्ह सूर्य आफूहरुसँगै रहने बताउनुभएको छ । चौधरीले भन्नुभयो,‘सूर्य हाम्रै हुनेछ । नेकपा हाम्रै हुनेछ, भ्रममा नपरौँ ।’ नेकपा संसदीय दलको निवर्तमान सचेतक समेत रहनुभएका उहाँले संसद् ब्युँताउने कुरामा केन्द्रित हुन जरुरी नभएको बताउनुभयो । उहाँले कम्युनिष्ट आन्दोलनको मुलधार ओली नै भएको बताउनुभयो ।
‘हामीसँग सरकार छ, स्थानीय र प्रदेश छ । जनतामा जाने कुरा छ, मुद्दाहरू छन् । सरकारलाई काम गर्नै नदिएर हातखुट्टा बाँधेका अनुभव छन् । जनतामा गएर भन्ने कुरा धेरै छन्,’ नयाँ जनादेशका लागि जनतासँग जाने मुद्दा ओलीपक्षसँग मात्रै रहेको दाबी गर्दै उहाँले प्रश्न गर्नुभयो, ‘प्रचण्ड–नेपालसँग के छ ? उहाँहरू भोलि होइन, आजैबाट हामीतिर आउनुहुन्छ ।’












प्रतिक्रिया दिनुहोस्