काठमाडौं, पुष ८
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनपछि प्रधानमन्त्री एंव अध्यक्ष केपी शर्मा ओली पक्षले सातै प्रदेशमा बृहत कार्यकर्ता भेला गरेको छ । बुधबार सातै प्रदेशमा भएको भेलालाई शिर्षस्थ नेताले प्रशिक्षण गर्नुभएको थियो ।
प्रशिक्षणमा नेताहरुले पार्टीमा देखिएको नयाँ परिस्थितिका बारेमा नेतादेखि कार्यकर्तासम्मलाई ‘ब्रिफिङ’ गर्दै निर्वाचनमा जुट्न निर्देशन पनि दिनु भएको छ । नयाँ थप भएका ५५६ जना नयाँ केन्द्रीय सदस्यलाई सातै प्रदेशमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, उपनेता सुवास नेम्वाङ, शंकर पोखरेल, टोपबहादुर रायमाझी, मणि थापा, प्रदीप ज्ञवालीलगायतले दिनभर प्रशिक्षण दिनु भएको थियो ।
आफ्ना पक्षका नयाँ पुराना केन्द्रीय सदस्यहरुलाई ब्रिफिङ गर्दै सूर्य चिन्ह आफूहरुले नै पाउने र चुनाव पनि समयमै हुने भन्दै ढुक्क भएर त्यसको तयारीमा लाग्न निर्देशन दिनु भएको थियो ।














प्रतिक्रिया दिनुहोस्