काठमाडौं, पुस ९ । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा अमेरिकाका लागि नेपाली राजदूतमा नियुक्त हुनुभएको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूतमा नियुक्त गर्नुभएको हो । साथै आज नवनियूक्त राजदुत खतिवडाले आज सपथ ग्रहण गर्दै हुनुहुन्छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा खतिवडालाई अमेरिकाको राजदूतमा नियुक्त गरिएको उल्लेख गर्नुभएको छ ।यसअघि प्रधानमन्त्रीका आर्थिक सल्लाहकारसमेत रहेका खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिस गरिएको थियो। तत्कालीन नेकपा एमालेले गएको निर्वाचनपछि खतिवडालाई राष्ट्रियसभा लगेको थियो।
युवराज खतिवडा अमेरिकाका लागि नेपाली राजदूतमा नियुक्त : आज सपथ ग्रहण













प्रतिक्रिया दिनुहोस्