काठमाडौं, पुष ९
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समुहबीच महासचिव सुरेन्द्र पाण्डेलाई बनाउने सहमति बनेको छ । सग्लो नेकपा हुँदा विधि, पद्धति र विधानअनुसार चल्नुपर्छ भन्ने तत्कालिन वरिष्ठ नेता माधवकुमार नेपाल आफै महासचिवमा पाण्डेलाई नियुक्त गर्न सहमत बन्नु भएको हो ।
प्रमुख तीन नेता मिलेर पाण्डेलाई महासचिव बनाउने सहमति भएपछि उहाहरुबीच विधि, पद्धति र विधानअनुसार अगाडी बढ्ने नाटक मञ्चन गर्न थाल्नु भएको छ । पार्टीको कुनैपनि नेता चयन गर्नुपर्दा प्रतिष्पर्धाबाट गर्ने चलन रहेको छ । नेकपाको विधानअनुसार भने सहमतिमा गरिने उल्लेख थियो । तर, दुई समुहमा विभाजन भएपछि विधि, पद्धति र विधानका कुरा गरेर कहिल्यै नथाक्ने नेपाल आफै कोटरीमा महासचिवमा नियुक्त गर्न सहमत बन्नु भएको छ ।
उसो त आफु वरिष्ठ नेता हुँदा प्रधानमन्त्री तथा अध्यक्षको कुर्सी हटाउन आफै पुग्नु भएका उहाँ केन्द्रीय कमिटी बैठकमा भने अन्य नेता कार्याकर्तालाइ साधारण कुर्सी दिएर आफु गज्जबको आरमदायी सोफामा मुस्कुराउँदै बस्नु भएको थियो । त्यसैले त ओली पक्षका नेताहरु भन्छन्, ‘के त्यो बेला विधि, पद्धति, सिदान्त र विधानको लडाई थियो र ? अहिलेको घटनाबाट पुष्टि हुदैन । त्यो त आफुले कुर्सी नपाउँदाको लडाई थियो भनेर ?’
सो पक्षमा नेताहरुबीच केही पदमा सहमति जुटेको र केही पदमा जुट्न बाँकी रहेकाले केन्द्रीय कमिटीको बैठक पनि केही घण्टा सरेको छ । पूर्वमाओवादीको कार्यलय रहेको पेरिसडाँडामा सो पक्षको अहिले छलफल चलिरहेको छ ।













प्रतिक्रिया दिनुहोस्