जनता टाइम्स

९ पुष २०७७, बिहीबार १५:१७

बादलले गरे प्रचण्ड-माधव षडयन्त्रको पर्दाफास : बाहिर आयो पार्टी फुटाउने कसम नै खाएको यो तथ्य


काठमाडौं, पुस ९

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री एवं सचिवालय सदस्य रामबहादुर थापा बादलले मार्चण्ड गुटको पर्दाफास गर्नुभएको छ । उहाँले पार्टी नफुटाउन आफूले पटक–पटक आग्रह गरेको भए पनि प्रचण्ड र माधव नेपालले नसुनेको बताउनुभयो । प्रचण्ड–नेपालले पार्टी फुटाउने कसम नै खाएको उहाँको भनाई छ ।

बालुवाटारमा केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उहाँले संसद् विघटन गर्ने निर्णय क्रान्तिकारी निर्णय भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मिल्न खोजेदेखि टुक्र्याउन खोज्नेहरु सफल हुन खोज्दैछन् र त्यसलाई प्रचण्ड–नेपाल कमरेडहरुले सहयोग गर्नुभयो ।’

उहाँले क्रान्तिको उपलब्धिको रक्षा गर्न प्रतिक्रान्तिकारीबाट जोगिनुपर्ने बताउनुभयो । ‘प्रतिक्रान्तिलाई सहयोग गर्न हामीभित्रका केही नेताहरुले गुटबन्दी गर्दै चोइटिएर जान खोजेका छन्,’ उहाँले थप्नुभयो,‘हामीले मध्यावधिबाट दुई तिहाइको सदन निर्माण गर्छौँ ।’