काठमाडौं, पुस ९
पछिल्लो २४ घण्टामा ५५१० जनाको पिसिआर परीक्षण गर्दा ६ सय १३ जनामा कोरोना पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या २ लाख ५६ हजार ५ सय ९२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १८ लाख ९६ हजार २ सय ५० पुगेको छ।
आज थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय ८ पुगेको मन्त्रालयले जनाएको छ। हाल ४ सय जना क्वारेन्टाइनमा छन्। पछिल्लो २४ घण्टामा ७३९ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै नेपालमा निको हुनेको संख्या २ लाख ४७ हजार ४०० पुगेको मन्त्रालयले जनाएको छ।













प्रतिक्रिया दिनुहोस्