जनता टाइम्स

९ पुष २०७७, बिहीबार १८:१३

पार्टी फुटाएपछि प्रचण्ड–नेपाललाई याद आयो मदन भण्डारी र जबज


काठमाडौं, पुष ९

नेकपा सग्लो हुँदा मदन भण्डारीले प्रतिपादन गरेको ‘जनताको बहुदलिय जनबाद’ (जबज)को ठाडै विरोधगर्नेहरु पार्टी विभाजनपछि मदन भण्डारीको शालिकको शरणमा पुगेका छन् । प्रचण्डले नेतृत्व गरेको नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल आजको केन्द्रीय कमिटिको बैठक सकेर तत्कालिन एमालेको पार्टी कार्यलय बल्खु पुग्नु भएको हो ।

नेकपाभित्रको बैठकमा प्रधानमन्त्री एंव अध्यक्ष केपी शर्मा ओलीले जबजको वकालत गरेको भनेर अवाज उठाउदै आउनु भएको थियो । मदन भण्डारी फाउन्डेसनबाट जबजको नीति फैलाउन खोजेको भन्दै ओलीविरुद्ध एकजुट भएका थिए, सो समुह । तर, पार्टी फुटाएपछि विहिवार सो समुह लाइन लागेर मदन भण्डारीको शालिक भएको ठाउँमा पुगेको हो ।

झलनाथ खनालसगै पुग्नु भएका नेताहरुले विगतमा गल्ती भएको भन्दै अब त्यसलाई नदोहो¥याई एकताबद्ध भएर अगाडी बढ्ने कसम खाएका छन् । ओली पक्षले केन्द्रीय कमिटी बैठकमा मदन भण्डारी र पुष्पलालको फोटो राखेर बैठक शुरु गरेका थिए । सो थाहा पाएपछि प्रचण्ड नेपाल समुह बल्खु पुगेको हो ।