काठमाडौं, पुष ९
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा तनहुँ–१ का निवर्तमान सांसद कृष्णकुमार श्रेष्ठ (किसन)ले कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पहिला आफै निर्वाचन जितेर देखाउन चुनौति दिनु भएको छ । संसदमा १७ पटक प्रधानमन्त्री बन्न नसकेको र आफ्नै निर्वाचन क्षेत्रमा भारी मतले पराजित पौडेललाई उहाले पहिला चुनाव जितेर देखाउन चुनौति दिनु भएको हो ।
पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई निर्वाचन लड्न तनहुँ आउन भनेर चुनौति दिएपछि किसानले उहालाई मिठो जवाफ समेत फर्काउनु भएको छ । ‘रामचन्द्र दाई, तपाईलाई हराउन प्रधानमन्त्री केपी शर्मा ओलीको आवश्यकता नै छैन, म नै तपाईलाई काफी छ’, श्रेष्ठको भनाई छ ।
गत प्रतिनिधिसभा निर्वाचनमा पौडेल श्रेष्ठसँग ६ हजार ४१४ मतले पराजित बन्नु भएको थियो ।













प्रतिक्रिया दिनुहोस्