जनता टाइम्स

१० पुष २०७७, शुक्रबार ११:५९

निर्वाचन आयोगमा प्रचण्ड–नेपाल समुह


काठमाडौं, पुष १०

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूह निर्वाचन आयोग पुगेको छ । आफुहरु आधिकारिक दाबी गर्दै आएको सो समुह आज विहान जुलुससहित आयोगको कार्यालय कान्तिपथ पुगेको हो ।

माइतिघरबाट कान्तिपथ जाने क्रममा सर्वसाधारण भने जाममा फसेका छन् । कार्यलय समयमा सर्वसाधारण जाममा फसेपछि आक्रोश समेत पोखेका थिए । उनिहरुले राजनीतिक लडाईलाई सडकमा ल्याएर जनतालाई दुख दिने काम गरेको भन्दै आक्रोश पोखेका हुन् ।

शुक्रबार दाहाल–नेपाल समूहका शीर्ष नेताहरु अध्यक्षद्वय दाहाल र नेपालसहित वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्यहरु, विघठित प्रतिनिधिसभाका सांसदहरु, राष्ट्रिय सभाका सांसदहरु र केन्द्रीय सदस्यहरुलगायतका नेता कार्यकर्ताहरु उपस्थित छन् ।