जनता टाइम्स

१० पुष २०७७, शुक्रबार १२:२९

प्रदेशमा पनि अस्थिरता मच्चाउदै प्रचण्ड–नेपाल समुह : मुख्यमन्त्री पौडेलबिरुद्ध अबिश्वासको प्रस्ताव दर्ता


काठमाडौं, पुष १०

केन्द्रमा सत्ता नपाउदा विवाद देखिएको नेपाल कम्युनिष्ट पार्टीका नेताको ध्यान अब प्रदेश सरकारमा पर्न थालेको छ । त्यसको पहिलो शिकार बागमति प्रदेश भएको छ ।

पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेकपाका तीन मन्त्रीले राजिनामा दिदै अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । सो समुहले ओली समुहबाट निर्वाचित मुख्यमन्त्री डोरमणी पौडेलकाविरुद्ध प्रस्ताव दर्ता गरेका हुन् ।

सो प्रस्ताव दर्ता गराउनुअघि आन्तरिक मामिला तथा कानुनमन्त्री सालिकराम जम्कट्टेल, उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री अरुणप्रसाद नेपाल र सामाजिक विकास मन्त्री युवराज दुलालले पदबाट राजिनामा दिनु भएको छ ।

अविश्वासको प्रस्ताव दर्ता
तीन मन्त्रीले दिएको राजिनामा