जनता टाइम्स

१० पुष २०७७, शुक्रबार १३:२७

बागमतिको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य प्रस्तावित, होला त इच्छा पुरा


काठमाडौं, पुष १०

नेकपा पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षमा रहनु भएकी अष्टलक्ष्मी शाक्यको मुख्यमन्त्री बन्ने सपना अहिलेको होइन् । प्रदेशसभा गठन भएदेखी नै उहाको मुख्यमन्त्री बन्ने लालच थियो । तर, संसदीय दलको निर्वाचनमा उहा हालका मुख्यमन्त्री डोरमणी पौडेलसँग पराजित बन्नु भयो ।

पौडेलसँग पराजित बन्नु भएकी शाक्य अहिले फेरी मुख्यमन्त्री बन्ने दाउमा रहनु भएको छ । सोही योजनाअनुसार उहा पक्षिय प्रदेश सभा सांसदले पौडेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउनु भएको छ । यो त भयो नेकपाभित्रको आन्तरिक राजनीति र त्यसले निम्तिाएको अस्थिरता । बागमति प्रदेशमा जम्मा ११० सांसद रहेका छन् । त्यहा मुख्यमन्त्री बन्न वा अविश्वासको प्रस्ताव फेल गराउन ५६ सांसदको आवश्यकता पर्दछ ।

प्रचण्ड–नेपाल पक्षले ४५ सांसदको हस्ताक्षर संकलन गरेर अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । प्रदेशसभामा नेकपाका ८० सांसद रहेका छन् । नेपाली कांग्रेसका २२, विवेकशी साझाका ३ तथा राप्रपा र नेमकिपाको २ –२ र स्वतन्त्र एक सांसद छन् । प्रचण्ड नेपाल समुहलाई मुख्यमन्त्री बन्न अहिले हस्ताक्षर गरिएका भनिएका सहित थप ११ जना आवश्यक पर्दछ । पौडेललाई पनि पद बचाउनका लागि कांग्रेसको आवश्यकता पर्ने देखिन्छ ।

सरकार अस्थिर भएको भन्दै राजधानीमा प्रर्दशन गरिरहेका कांग्रेसले यो अवस्थामा प्रदेशमा कसलाई समर्थन गर्छ भन्ने हेर्ने बाँकी रहेको छ । अविश्वासको प्रस्तावमाथी मतदान भए कांग्रेसले जसलाई समर्थन गर्छ उसले नै जित्ने निश्चित जस्तै देखिएको छ ।