काठमाडौं, पुष १०
पुराना वामपन्थी चिन्तक तथा नेता स्वनाम साथीको उपचारको क्रममा शुक्रबार राति निधन भएको छ । कोरोना संक्रमण भएपछि उहालाई असोजमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरमा भर्ना गरिएको थियो ।
फेरि उहाको स्वास्थ्यमा समस्या आएपछि काठमाडौंस्थित मोडल हस्पिटलको आइसियुमा राखिएको थियो । त्यही उपचारका क्रममा आज राति ९ बजेतिर निधन भएको हो । कोरोना संक्रमणमुक्त भए पनि उहामा बारम्बार निमोनियाको समस्या देखिएको थियो । साथै उहाका दुवै मिर्गौला फेरिएका थिए । म्याग्दीको अर्मनमा १७ साउन २००७ मा उहाको जन्म भएको थियो ।
२०३५ सालतिर खगेन्द्र संग्रौलासँग मिलेर सर्वहारा कम्युनिस्ट लिग खोल्नु भएका उहाले पछि रूपलाल विश्वकर्माको मजदुर किसान संगठनसँग पार्टी एकता गर्नुभएको थियो । त्यसपछि संग्रौला अलग्गिएका थिए । उहा भने एकता केन्द्र मसाल हुँदै माओवादी केन्द्रमा संगठित हुनु भएको थियो ।













प्रतिक्रिया दिनुहोस्