जनता टाइम्स

११ पुष २०७७, शनिबार १२:४१

उच्च नैतिकता र इमान्दारिताका साथ कामगर्न सञ्चारमन्त्रीको आग्रह



काठमाडौं, पुस ११ । सञ्चार तथा सूचनाप्रविधिमन्त्रीपार्वत गुरुङले इमान्दारिताका साथ राष्ट्र सेवाको काममा लागिरहने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

सरकारका प्रवक्ता समेत रहनु भएकामन्त्री गुरुङले उच्च नैतिकता, स्वाभिमान र इमान्दारिताका साथ कामगर्दा मात्रै रहेक क्षेत्रमा सफलता प्राप्तहुने पनि स्पष्ट पार्नु भयो । रत्न–धर्म स्मृति प्रतिष्ठानले शनिबार काठमाडौं माआयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले उच्च नैतिकता र इमादारिताकाकाम गरेकै कारण आफूले राष्ट्रको सेवागर्ने अवसर पाएको बताउनु भयो । मन्त्री गुरुङले मानवीय सेवा र समाज सेवाको काममा समर्पित भएर लाग्न सामाजिक संघ, संस्थालाई समेत आह्वान गर्नुभयो । उच्च नैतिकता र इमान्दारिताका साथ कामगर्न मन्त्री गुरुङले सबैलाई आग्रहगर्नु भयो ।

कार्यक्रममा मन्त्री गुरुङले शैक्षिक अभियन्ता डीबी खड्काद्धारा लिखित ‘कल्पना र वेदना’ तथा ‘सपना र सृजना’ नामक कविता संग्रहतथा ‘जुुँगुुदेखि मुगुुसम्म’ को अनुुभूति समेटिएको निबन्ध संग्रह विमोचनगर्नु भएको थियो भने नेपाली सेनाका उपरथी डा. सहदेव खड्कालाई सम्मानगर्नु भएको थियो । त्यस अवसरमामन्त्री गुरुङले शैक्षिक अभियन्ता खड्काले उच्चमाध्यामिक शिक्षा परिषदमा कार्यरत रहँदा नेपालको शैक्षिक क्षेत्रको विकासमा उल्लेखनीय योगदान पु¥याउनु भएको चर्चा समेत गर्नु भएको थियो ।