जनता टाइम्स

१२ पुष २०७७, आईतवार ०८:५२

धोबीखोला पुलबाट मोटरसाइकल खस्दा एक जनाको मृत्यु


काठमाडौं, पुस १२ । काठमाडौंको चाबहिल गोपिकृष्णहल नजिकैको पुलबाट खसेर एक जनाको मृत्यु भएको छ । बा २६ प ४०२१ नम्बरको मोटरसाइकलका चालक सिन्धुली घर भएका २७ वर्षका लोकनारायण श्रेष्ठको पुलबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ । गुडिरहेको मोटरसाइकल राति पुलबाट धोबीखोलामा खसेको थियो । गम्भीर घाइते भएका श्रेष्ठको नेपाल–भारत अस्पताल चाबहिलमा उपचारको क्रममा ज्यान गएको हो ।