विराटनगर, १२ पुस । प्रदेश १ का तीन मन्त्रीले राजीनामा दिएका छन् । आइतबार राजीनामा दिनेहरु सामाजिक विकासमन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजय विश्वासले राजीनामा दिनुभएको हो ।
प्रचण्ड–नेपाल पक्षधर प्रदेशसभा सदस्यहरुले आइतबार मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने तयारी स्वरुप मन्त्रीहरुले राजीनामा दिएको बताईएको छ । मुख्यमन्त्री राईले शनिबार साँझ प्रचण्ड–नेपाल पक्षका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबोलाई बर्खास्त गर्नुभएको थियो । अविश्वास प्रस्ताव दर्ता गराउन प्रचण्ड–नेपाल पक्षधर प्रदेशसभा सदस्यहरु विराटनगरमा भेला हुन थालेको एक स्रोतले बताएको छ । आङबोले आइतबार मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउने तयारी भइसकेको बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्