जनता टाइम्स

१२ पुष २०७७, आईतवार १४:३६

यसकारण आयो चिनियाँ टोली नेपाल


काठमाडौं, पुष १२

नेकपा अनौपचारिक विभाजनका बेला चिनियाँ प्रतिनिधिमण्डल आइतबार काठमाडौं आइपुगेको छ । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौलेको नेत्तृत्वको प्रतिनिधिमण्डल आज काठमाडौं आइपुगेको हो ।

प्रतिनिधिमण्डलमा अन्तर्राष्ट्रिय विभागका चारजना सदस्यहरू रहेको उनिहरु पूर्वनिर्धारित कार्यक्रममा सहभागी हुन आएको राम कार्कीले जानकारी दिनुभयो । ‘साउथ एसियन कम्युनिस्ट पार्टीहरूको छलफल चलिरहेको छ । त्यसैमा सहभागी हुन आउनुभएको हो । यो पूर्वनिर्धारित थियो’, उहाले भन्नुभयो । भर्चुअल माध्यमबाट कार्यक्रम हुने बताएपनि चिनियाँ कम्युनिष्ट नेताहरु नेपाल नै आएका हुन् ।

चिनियाँ प्रतिनिधिमण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलगायत नेकपाका शीर्ष नेताहरूलाई पनि भेटघाट गर्ने बताइएको छ । पार्टीको अनौपचारिक विभाजनपछि पहिलोपटक चिनियाँ प्रतिनिधिमण्डल नेपाल आएकोलाई विशेष चासोका साथ भने हेरिएको छ ।