जनता टाइम्स

१२ पुष २०७७, आईतवार १५:२८

खोटाङमा घन्कियो प्रधानमन्त्री ओलीको पक्षमा नारा


खोटाङ, पुष १२

खोटाङमा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा मोटरसाइकल ¥याली निस्किएको छ । ओली नेतृत्वको नेकपाका कार्यकर्ताले प्रधानमन्त्रीको पक्षमा प्रदर्शन र सभाहरु गरेका हुन् ।

खोटाङ जिल्ला सदरमुकाम दिक्तेलमा ओली पक्षधर नेकपा कार्यकर्ताले प्रधानमन्त्रीको पक्षमा स्वागत र्‍याली आयोजना गर्दै प्रचण्ड–माधव नेपाल पक्षको बिरोध गरेका छन् ।

नेकपा केन्द्रीय सदस्य तथा विघटित प्रतिनिधिसभाका सदस्य विशाल भट्टराई लगायतका नेता खोटाङ पुगिसक्नु भएको छ । मोटरसाइकल ¥यालीमा ठुलो संख्यामा युवाहरुको सहभागिता रहेको छ ।