जनता टाइम्स

१४ पुष २०७७, मंगलवार १२:४९

आफ्नो गुटमा नलागेको भन्दै सुदूरपश्चिमका भौतिक पूर्वाधार विकासमन्त्री बोहरा हटाइए


धनगढी, पुष १४

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्नो गुटमा नआएको भन्दै भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरालाई पदबाट हटाएका छन् ।

नेकपामा आएको विभाजनसँगै प्रधानमन्त्री केपी शर्मा ओली पक्ष लागेकै भरमा बोहरालाई मंगलबार बिहान जिम्मेवारीबाट हटाइएको हो ।

सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहका अनुसार मन्त्री बोहरालाई मुख्यमन्त्रीले संविधानको धारा १६९ को उपधारा २ (ख) बमोजिम पदमुक्त गरेको जानकारी दिनुभयो ।

उक्त मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री भट्टले आफैँसँग राखेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । सुदूरपश्चिममा यति बेला नेकपाभित्र ओली र दाहाल–नेपाल पक्षधरबीच सांसद तानातान देखिएको छ ।