जनता टाइम्स

१४ पुष २०७७, मंगलवार १३:२३

एसएसपीले किनेको मिठाइमै नङ फेला परेपछि…


काठमाडौं, पुस १४ । प्रहरीले कमलपोखरीस्थित आँगन स्वीट्समा छापा मारी एक जना सञ्जालक पक्राउ गरेको छ । सोमबार अपरान्ह डिआइजीमा बढुवा सिफारिस हुनुभएका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) डा. देवबहादुर बोहराले खरिद गरेको मिठाइमा अखाद्य बस्तु भेटिएपछि काठमाडौं प्रहरीलेअ ाँगन स्वीट्समा छापा मारी सञ्चालक पक्राउ गरेको हो ।

प्रहरीका अनुसार एसएसपीबाट डिआइजीमा बढुवा सिफारिश भएको खुसियाली साटन बोहोराले आँगन स्वीट्समा मिठाइ किन्न आफ्ना सहयोगी पठाउनु भएको थियो । तर आँगनबाट खरिद गरेको मिठाईमा मानिसको नङ फेला पर्यो । मानव बेचविखनविरुद्धको व्यूरो बबरमहलमा प्रमुख रहनुभएका एसएसपी बोहराले यस बिषयमा तत्काल महानगरीय प्रहरी परिसर काठमाडौंलाई जानकारी गराउनु भयो । सो सूचना पाएलगत्तै काठमाडौं प्रहरी टोली पुगेर आँगन स्वीट्समा छापा मारेको हो ।

कमलपोखरीमा रहेको आँगन स्विट्समा प्रहरीले छापा मार्दै एक जना सञ्चालकलाई पनि नियन्त्रणमा लिएको हो । आँगनमा प्रहरीले मुचुल्कासमेत उठाइसकेको छ । प्रहरीले यस बिषयमा यसबारेमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले थप अनुसन्धान गर्ने जानकारी दिएको छ ।